banner news

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
-न्युजभित्तो

चितवन, १५ असार । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
-न्युजभित्तो

काठमाडौँ, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा...

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
-न्युजभित्तो

नेपालगन्ज, १४ असार ।  यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन् । नेपालगन्ज विमानस्थलको अनुगमनमा आउनुभएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली...

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
-न्युजभित्तो

चितवन, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
-न्युजभित्तो

काठमाडौँ, १४ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई...

रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
-न्युजभित्तो

काठमाडौं,१३ असार। रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता विजयी भएकी हुन् । सोविता उपसभापतिमा विजयी हुँदा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । ...

रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
-न्युजभित्तो

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान...

विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
-न्युजभित्तो

चितवन, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।उनले महामन्त्री पदका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी हुन्। ‘म आफ्नो उम्मेदवारी फिर्ता लिएर विपिनजीलाई समर्थन गर्छु,’ उनले भनिन्,...

सालक बागमती प्रदेशको गौरव
-न्युजभित्तो

बागमती, १२ असार । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका रुपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा सालकलाई प्रदेशको गौरवको प्राणीका रूपमा संरक्षण गर्न विशेष कार्यक्रम...

रास्वपाको मतदान सम्पन्न
-न्युजभित्तो

चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ः०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । रास्वपा चितवनका सभापति मिनीमाधव खनालका...