सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन


  •    न्युजभित्तो/२८ असार २०८३, आईतवार १३:२५ 
  • कञ्चनपुर, २८ असार । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ ।

    वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यममार्फत वनले आम्दानी बढाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ ।

    करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेका छन् ।

    सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै रु चार लाख ९२ हजार ९०५ आम्दानी भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु एक लाख ९२ हजार १०५, २०८१÷८२ मा रु एक लाख ३० हजार ९५० र २०८२÷८३ मा रु एक लाख ६९ हजार ८५० आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय किसानले व्यावसायिक तरकारी खेती, डोको–डालो बुन्न, घर निर्माणमा सटरिङ गर्न, कुखुरापालनका लागि टहरा बनाउन तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन् । प्रजातिअनुसार प्रतिगोटा बाँस रु २०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ ।

    सामुदायिक वनले बाँससँगै फलफूल खेतीलाई पनि विस्तार गरेको छ । वन क्षेत्रमा चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन् । दशकअघि लगाइएका ती बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । फलफूल बगैँचा पाँच वर्षका लागि रु चार लाखमा ठेक्कामा दिइएको छ ।

    सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार उपभोक्ताको आयआर्जन बढाउन दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक मेसिन खरिद गरिसकिएको र उद्योग सञ्चालनअघि उपभोक्तालाई सीपमूलक प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।

    सामुदायिक वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ । यहाँबाट वार्षिक ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ । उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा सुकाउन नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर (सोलार ड्रायर) जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

    वनले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरेको छ । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक एवं पर्यटकीय महत्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो ।

    सामुदायिक वनले संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।

    स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्चलाइट वितरण, विद्यालयमा कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण, सडकमा ग्राभेलिङलगायत काम गर्दै आएको छ । विपन्न परिवारलाई आयआर्जनमूलक तथा सीप विकास कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सामुदायिक वनले उल्लेखनीय योगदान पु¥याएको उहाँले बताउनुभयो ।

    सामुदायिक वनले आर्थिक वर्ष २०८२÷८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट रु ७४ लाखभन्दा बढी आम्दानी गरेको जनाएको छ । एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा सघाउँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.