banner news

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई
-न्युजभित्तो

पथरी (मोरङ), ९ पुस । दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो...

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो
-न्युजभित्तो

सिरहा, ९ पुस । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर...

विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
-न्युजभित्तो

लुम्बिनी, ९ पुस । कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहँुदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको...

आज पनि बढ्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल...

जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८...

राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त
-न्युजभित्तो

काठमाडौ, ९ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...

पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख
-न्युजभित्तो

काठमडौँ, ९ पुस । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ...

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
-न्युजभित्तो

मुस्ताङ, ८ पुस । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्...

गृहमन्त्री अर्याल सुर्खेतमा
-न्युजभित्तो

कर्णाली, ८ पुस । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुग्नुभएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भनिएको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत आइपुग्नुभएको हो । उहाँले भेरीगङ्गा नगरपालिका–८ सुर्खेत चिप्लेस्थित निर्माणाधिन भेरी बबई...

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गर्नुभएको...