सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई


  •    न्युजभित्तो/९ पुष २०८२, बुधबार १२:३४ 
  • पथरी (मोरङ), ९ पुस । दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ ।

    इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार, सौर्य राउतले गोल गर्दा बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गरे । बेतनाका आशिष लावती र निमा तामाङको प्रहार भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

    खेलको म्यान अफ दी म्याच बेतनाका विवेक पौडेल घोषित भए । प्रतियोगितामा बेतनाका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुँदा इन्ट्रा पथरीका धिरेन क्षेत्री उत्कृष्ट डिफ्रेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक, मिक्चेन दास र सञ्जय लिम्बू हाइस्कोर र गोलरक्षक समिर क्षेत्री सर्वोकृष्ट खेलाडी घोषित भए ।

    विजेता तथा उपविजेता टिमलाई एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपलिका अध्यक्ष सुमन मिरिङचिङ मगर, वडा नं ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार प्रदान गर्नुभयो । सतिसाले स्पोर्टिङ क्लब केराबारी–६ मोरङको आयोजनामा सम्पन्न गोल्ड कप सतिसाले स्पोर्टिङ क्लबको खेलमैदान भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.