सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री अर्याल सुर्खेतमा


  •    न्युजभित्तो/८ पुष २०८२, मंगलवार १६:४२ 
  • कर्णाली, ८ पुस । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुग्नुभएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भनिएको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत आइपुग्नुभएको हो ।

    उहाँले भेरीगङ्गा नगरपालिका–८ सुर्खेत चिप्लेस्थित निर्माणाधिन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मन्त्री अर्यालले जिल्ला प्रशासन र सुरक्षा निकायको निरीक्षण पश्चात आवश्यक निर्देशन दिने कार्यक्रम छ । टोलीमा मन्त्री अर्यालसँगै गृह सचिव रामेश्वर दङ्गालसहित १३ सदस्य सहभागी छन् ।

    बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल गरिने छ । उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलगायतका सुरक्षा अधिकारीको सहभागिता रहने जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.