सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार ११:२५ 
  • गोरखा, ३० असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।

    तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।

    पालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति रु एक हजारका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकाले आव २०८०÷८१ मा अन्तरिक राजस्वबापत जम्मा रु २७ लाख १४ हजार सङ्कलन गरेको थियो ।

    “पर्यटन शुल्कसँगै पालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ”, उहाँ भन्नुहुन्छ, “पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ ।”

    यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ ।

    पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउनुहुन्छ । “आगामी वर्षमा तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “जति धेरै राजस्व सङ्कलन गर्न सक्यो सङ्घबाट त्यति नै बजेट बढेर आउँछ । राजस्व बढ्दा पालिकाको आर्थिक विकासमा सहयोग पुग्छ ।”

    पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी
    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत
    पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
    • अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम
    • अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
    • हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
    • सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.