banner news

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
-न्युजभित्तो

चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ः०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी...

अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), ३० असार । सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरनगर प्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित गरेको छ । उक्त बल र उपनगरपालिकाको समन्वयमा समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद् स्वयंसेवक...

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
-न्युजभित्तो

पर्वत, ३० असार । पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्  अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै...

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
-न्युजभित्तो

बागमती, ३० असार । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक सङ्घ संस्थाको तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ । उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्याङ्क अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि...

सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिनुहुँदा सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ...

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
-न्युजभित्तो

सुदूरपश्चिम, ३० असार । सुदूरपश्चिम प्रदेशमा ढिलो गरी यही असार १६ गतेदेखि मनसुन सक्रिय भएको छ । यस वर्ष मनसुन ऋतुमा औसतमा कम वर्षा हुने अनुमान छ । सुदूरपश्चिमलगायत केही प्रदेशमा सरदरभन्दा यस वर्ष कम वर्षा हुने सम्भावना ४५...

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन
-न्युजभित्तो

काठमाडौँ, ३० असार । आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ । गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन...

उत्पादनमा आधारित अनुदानले किसान उत्साही
-न्युजभित्तो

म्याग्दी (बेनी), ३० असार । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ । पचासवटा गाईभैँसीको स्याहार, दूध दुहुनु, बजारसम्म पुर्याउनु र फार्म व्यवस्थापनमै दिन बित्छ । जसबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।  तर, पछिल्लो समय उहाँ सन्तुष्टसँग उत्साही...

आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, ३० असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-न्युजभित्तो

कञ्चनपुर, ३० असार । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत...