सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार ११:५९ 
  • गोरखा, ३० असार । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ ।

    कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उहाँको भनाइ छ । कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ । 

    जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती हुँदैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.