सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार १४:२८ 
  • महेन्द्रनगर (धनुषा), ३० असार । सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरनगर प्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित गरेको छ ।

    उक्त बल र उपनगरपालिकाको समन्वयमा समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो।

    तालिम समापन समारोहमा उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्ने सिलसिलामा उच्चतमरुपमा प्रयोग गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो ।

    उहाँले विपद्को समयमा उद्धार, राहत, जनचेतना अभिवृद्धि, जोखिम न्यूनीकरण तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्नसके जनधनको क्षति घटाउन सकिने धारणा राख्नुभयो ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, आगलागी, चट्याङ, सडक दुर्घटनालगायतका विपद्का घटना बढ्दै गएकालेयस्ता तालिमले समुदायलाई विपद्सँग जुध्न सक्षम बनाउने बताउनुभयो ।

    सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर विष्टले बलले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार र नागरिक सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयो । तालिममा उपमहानगरपालिकामा कार्यरत पाँच जना अग्नि नियन्त्रक र ११ जना नगरप्रहरी सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी
    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत
    पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
    • अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम
    • अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
    • हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
    • सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.