सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार १४:११ 
  • बागमती, ३० असार । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक सङ्घ संस्थाको तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ ।

    उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्याङ्क अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो ।

    “यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ”, उहाँले भन्नुभयो, “राज्यको लगानी हुने धार्मिक संस्थाको दर्ताको अवस्थालगायतका विषयमा जानकारी लिन हामीले यकिन तथ्याङ्क सङ्कलन गर्न लागेका छौँ ।” तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित वडामा पनि छलफल अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    कूल १९ वटा वडा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा विशिष्ट धार्मिक महत्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र, लक्ष्मीनारायण मन्दिरजस्ता सम्पदास्थल छन् ।

    मठमन्दिरसहितका ती सम्पदाको तथ्याङ्क अद्यावधि गरी व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उपमहानगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.