banner news

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
-न्युजभित्तो

अदानचुली (हुम्ला), २९ पुस ।  हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ ।  अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको...

डिभिजन वन कार्यालयद्वारा सालका काठ बरामद
-न्युजभित्तो

कैलाली, २९ पुस । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न स्थानबाट ५३१.४८ क्युफिट सालका चिरान काठ बरामद गरेको छ । वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनसार कार्यालय तथा मातहतका निकायबाट वन गस्ती गर्ने क्रममा एक महिनामा अवैध तवरले काटिएका ती...

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर
-न्युजभित्तो

गाईघाट (उदयपुर), पुस । यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ । नगरपालिकाको सहयोगमा काठमाडाँैस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो । सोमबारदेखि...

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम
-न्युजभित्तो

पर्वत, २९ पुस । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको...

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
-न्युजभित्तो

दार्चुला, २९ पुस । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले...

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक
-न्युजभित्तो

महोत्तरी, २९ पुस । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको छ । यी दुवै समुदायको मुख्य पर्व मानिने माघेसङ्क्रान्ति नजिकिएसँगै मगर र थारू समुदाय पर्वको तयारीमा जुटेका हुन् । सौरमासको माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वलाई...

सुनचाँदीको मूल्य आज पनि बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका...

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लर्डसलाई
-न्युजभित्तो

चितवन, २९ पुस । यहाँस्थित  चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल  लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप...

कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ ।  पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो...