सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:१९ 
  • महोत्तरी, २९ पुस । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको छ । यी दुवै समुदायको मुख्य पर्व मानिने माघेसङ्क्रान्ति नजिकिएसँगै मगर र थारू समुदाय पर्वको तयारीमा जुटेका हुन् । सौरमासको माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वलाई मगर समुदायले माघेसङ्क्रान्ति भन्छन् भने थारूले तिलासक्रायत भन्ने गर्छन् ।

    यस भेगका थारू बस्तीमा पर्वका लागि सामथ्र्यअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकार जुटाउँदैछन् । शीतलहर पनि केही दिनयता घट्न थालेपछि पर्वको तयारी गर्न सजिलो भएको छ ।

    भङ्गाहा नगरपालिका क्षेत्रका भीमगढ, टिकुलिया, महुवा, भूचक्रपुर, पलारबिर्ता, थारूटोल बनरा, भङ्गाहा, मदनपट्टी, पर्सा, बखरी, करुणा, मेघरोल, हरखपुर, मझौलिया र धरमपुर थारू समुदायको बाहुल्यता भएका बस्ती हुन् । त्यसैगरी बर्दिबास नगरपालिकाको मेघनाथटोल र गौशाला नगरपालिका क्षेत्रका निगौल, रजखोरबिर्ता, बिसरपुर र जमुनियाँ पनि थारू बसोबास बाहुल्यताका बस्ती हुन् । यी बस्तीमा अहिले थारू महिला ‘लाई’ बनाउन व्यस्त छन् । तील, चिउरा, मुरी र जुनेलो भुटेर सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डुलाई ‘लाई’ भनिन्छ । पश्चिम नेपालतिर थारूले यस पर्वलाई ‘माघी’ भने पनि मधेसमा भने तिलासक्रायत भन्ने गर्छन् ।

    यो पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र इष्टमित्र डाकिने थारू जातिको परम्परा छ । “पर्वका लागि सबै करकुटुम्बलाई निम्ता दिइसकियो”, भङ्गाहा–४ थारूटोल बनराकी ७५ वर्षीया रामसुनरदेवी थारूले भन्नुभयो, “हामी अब पर्वको सर्जाम जुटाउन लागेका छौँ ।”

    मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र इष्टमित्र डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका धेरैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ ।

    “माघेसङ्क्रान्ति मनाउन छोराछोरी धमाधम जम्मा हुँदैछन्”, बर्दिबास–९ पशुपतिनगरको टोकीटोलका रामचन्द्र थापामगर भन्नुहुन्छ, “अब हुस्सु पनि फाटेर दिन राम्रा हुँदैछन्, चाडवाड रमाइलो हुने आस छ ।” मकर सङ्क्रान्ति पनि भनिने यो पर्वमा खास महत्वको मानिने तील, सक्खर, चिउरा र मुरीको बजार बाक्लै देखिएका छन् । तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लड्डु बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.