सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिभिजन वन कार्यालयद्वारा सालका काठ बरामद


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:३५ 
  • कैलाली, २९ पुस । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न स्थानबाट ५३१.४८ क्युफिट सालका चिरान काठ बरामद गरेको छ ।

    वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनसार कार्यालय तथा मातहतका निकायबाट वन गस्ती गर्ने क्रममा एक महिनामा अवैध तवरले काटिएका ती सालका चिरान काठ बरामद गरेको हो । चुरे गाउँपालिका–५ मौरीगाउँबाट बेवारिसे अवस्थामा रहेको १४९.९८ क्युुफिट, सोही स्थानको सलानी क्षेत्रबाट ६८।६६ क्युफिट र गौरीगङ्गा नगरपालिका–६ ब्राहवन साझेदारीबाट २५.२८ क्युफिट सिसौको काठ बरामद गरिएको छ ।

    त्यसैगरी, चुरेगाउँपालिका–२ खैरालाबाट फरकफरक मितिमा २८७।५७ सालका चिरान काठ बरामद गरेको छ । वनका कर्मचारीको सक्रियताले वन क्षेत्रबाट कटान गरिएको काठ बरामद भएको वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले बताउनुभयो ।

    चुरे क्षेत्रमा व्यापक रूपमा वन पैदावारको चोरी निकासी, वन्यजन्तुको सिकार, अतिक्रमणलगायत घटना हुने गरेको भनेर विभिन्न माध्यमबाट जानकारीमा आएको बताउँदै गोप्य सूचनाका आधारमा सबडिभिजनका कर्मचारी तथा आफैँ पनि विभिन्न संवेदनशील क्षेत्रमा गएर काठ नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

    सामुदायिक वनका विभिन्न क्षेत्रबाट काठ कटान गरेर लुकाएको अवस्थामा उक्त अवैध काठ फेलापरेको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.