सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:२३ 
  • पर्वत, २९ पुस । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना रहेका छन् ।

    यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ रहेका थिए । अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा दुई हजार ८१७ जना बढी भएका हुन् ।

    कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन् । त्यसैगरी, जलजला गाउँपालिकामा १६ हजार ७५०, पैंयूमा ११ हजार ६६७, महाशिलामा आठ हजार ४७९, मोदीमा २० हजार ३०१ र विहादी गाउँपालिकामा ११ हजार १५९ मतदाता कायम भएका छन् ।

    आगामी निर्वाचनका लागि जिल्लामा ७६ मतदातस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । आगामी निर्वाचनका लागि पर्वतमा दुईवटा मतदानस्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं ८ फर्सेको शिव माविमा गरी दुई मतदानस्थल थप गरिएको होभने तीन मतदान केन्द्र पनि थप गरिएको छ ।

    कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदानस्थलमा १४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ मतदानस्थलमा १५१ मतदान केन्द्र रहने भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

    जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग भएका सामान खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित काम भइरहेको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.