सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:३८ 
  • अदानचुली (हुम्ला), २९ पुस ।  हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ ।  अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।

    यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । 

    उहाँले चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिनुभयो । 

    यस वर्ष हिमपात नभए पनि नारा सडकखण्ड गएको गत कात्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ । यसको कारण चीनको ताक्लाकोटबाट सामानहरु आयात हुनसमेत छोडेको प्रमुख जैसीले बताउनुभयो । कारोबार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेका हुन् । 

    चीन तर्फको नाकालाई खुल्लै राखेको भन्सार कार्यालयका प्रमुख जैसीले बताउनुभयो । उहाँका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउने छ । गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले रु १८ लाख ६५ हजार राजस्व असुली गरेर गत वर्षको भन्दा यस वर्ष कार्यालयले दोब्बर राजस्व उठाएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.