सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सहरी स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई छैन’


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १४:०९ 
  • काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । 

    फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा उहाँले छलफल गर्नुभएको थियो । सो छलफलका क्रममा प्रमुख डङ्गोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा नराख्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।  

    उहाँले भन्नुभयो, “तोकिएको समय र विधिबाट फोहर सङ्कलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । आफू जिम्मेवार नबन्ने, अरुलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।”

    उहाँले नागरिकसँग जोडिएका विषय महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । छलफलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी हुनुहुन्थ्यो । उहाँहरुले महानगरपालिकाका निर्देशनको पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाउनुभयो । छलफलमा फोहरलाई स्रोतमा वर्गीकरण गर्ने, सङ्कलन गर्ने समय र विधि निश्चित गर्ने, फोहर सङ्कलन गर्न जानु पूर्व सूचना दिने जस्ता विधिलाई अभ्यास गर्नेलगायतका विषयमा कुराकानी भएको थियो । 

    कामपाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न सात क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको पनि वातावरण विभागले जनाएको छ । रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई महानगरले प्रवद्र्धन गरिरहेको जनाएको  छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.