सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहिदहरुप्रति सम्मान गर्न मुख्यमन्त्री कार्कीको आग्रह


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १२:१९ 
  • विराटनगर, १६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

    उहाँले आज एक विज्ञप्ति जारी गर्दै नेपालको परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्न योगदान गर्नुहुने अग्रजप्रति सम्मान र आदर भाव व्यक्त गर्नुभएको छ । उहाँले जहानियाँ निरङ्कुश राणाशासन ढाल्नका लागि चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधार स्तम्भ हो भत्रु भएको छ ।

    विज्ञप्तिमा भनिएको छ “विसं २००७ देखि आजसम्म भएका हरेक निरङ्कुशता विरोधी आन्दोलन यही प्रेरणाको जगमा भएका छन् । पञ्चायती व्यवस्था विरुद्धको २०४६ सालको जनआन्दोलन होस् वा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सबैमा सहिदको त्यही पे्ररणा जीवन्त रह्यो ।” 

    उहाँले अहिले व्यवस्थामाथि भइरहेको प्रहारलाई उत्तेजनामा नभइ संयम, धैर्य र इमन्दारिताका साथ विवेकपूर्ण ढङ्गले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई बचाउने प्रतिबद्धताकासाथ उभिन आग्रह गर्नुभएको छ । “हाम्रा अभिमतहरु पनि हाम्रो संविधान र व्यवस्था पक्षमा प्रकट हुनु पर्दछ, संविधानको जगमा उभिएर कमीकमजोरी सच्याउँदै सहिदले देखाएको बाटो र सपना साकार पार्न अघि बढ्नु आजको आवश्यकता हो”, मुख्यमन्त्री कार्कीले भत्रुभएको छ ।

    उहाँले सहिदको सम्मान एकताबद्ध भई समृद्ध र समुत्रत राष्ट्र निर्माणमा दृढ सङ्कल्प तथा अठोटका साथ लाग्न सबैलाई आह्वान गर्दै गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.