सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नालापानी युद्धमा वीरगति प्राप्त गरेका खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न माग


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १६:२८ 
  • काठमाडौँ, १५ माघ । तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न माग गरिइएको छ । 

    राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा इतिहास विद् प्राडा श्रीरामप्रसाद उपाध्यायले नालापानीको ऐतिहासिक युद्धमा वीरगति प्राप्त गर्नुभएका खड्काको सम्मानमा विभिन्न कार्यक्रम र संरचना निर्माण गर्नुपर्ने सुझाब दिनुभयो । 

    “ अङ्ग्रेज विरुद्धको नालापानीको लडाइँमा दयाराम खड्का तिग्रामा छर्रा लाग्दा पनि अन्तिमसम्म लडाइँ जारी राख्दै प्राण त्याग गर्नुभएको थियो”, प्राडा उपाध्यायले भन्नुभयो, “त्यसैले अमर जवान दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गरिनुपर्छ ।”

    उहाँले प्यूठानको रम्दिकोट र नालापानीमा खड्काको पूर्ण कदको सालिक स्थापना गरी सो क्षेत्रलाई उद्यानका रूपमा विकास गर्न सुझाव दिनुभयो । खड्काको स्मृतिमा प्रतिष्ठान स्थापना गर्न सरकारी तथा गैर राजनीतिक क्षेत्रबाट आर्थिक सहयोग जुटाउनुपर्ने, खड्काका सन्ततिलाई छात्रवृत्ति तथा सरकारी सेवामा उचित स्थान दिनुपर्ने मागसमेत अघि सारिएको छ ।

    समितिको छलफलमा नालापानीयुद्धका वीर कम्पनी कमान्डर सुवेदार दयाराम खड्का प्रतिष्ठानका प्रतिनिधिले बाटो, अस्पताल, विद्यालय, केबलकार जस्ता संरचना राष्ट्रिय विभूतिकै नामबाट नामाकरण गर्नुपर्ने माग राखेका थिए । प्रतिष्ठानकोतर्फबाट रम्दिकोटमा पर्यटन प्रवद्र्धनका लागि केबलकार निर्माण गरी उक्त क्षेत्रको नाम ‘दयाराम रामकोट’ राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालयले प्रदान गर्ने पुरस्कार दयाराम खड्काको नामबाट स्थापना गर्न, विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा राष्ट्रिय विभूतिसम्बन्धी पाठ समावेश गर्नेलगायत प्रतिष्ठानको माग छ । 

    समिति सभापति मायाप्रसाद शर्माले यस विषयमा थप अध्ययन, अन्य विज्ञसँगको छलफल र सरकारको ध्यानार्कषण गराउने जानकारी दिनुभयोे ।  तत्कालीन नालापानी युद्धमा सुवेदार खडकाको योगदानबारे छलफलका क्रममा राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल लगायतको उपस्थिति रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.