सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नागरिक जिम्मेवारी’ पुस्तक सार्वजनिक


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १६:५६ 
  • काठमाडौँ, १९ माघ । नेपालवाद अभियानअन्तर्गत तयार पारिएको ‘नागरिक जिम्मेवारीः सफल राष्ट्र बनाउन २४ पिलरमा नागरिकका भूमिका’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

    खेम शर्माद्वारा लिखित सो पुस्तक आज यहाँ ओयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो अभियानले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  

    सो पुस्तकमा सञ्चार तथा सूचना, कृषि, विज्ञान तथा प्रविधि, रक्षा, परराष्ट्र, अर्थतन्त्र, उद्योग तथा वाणिज्य, शिक्षालगायतका विभिन्न २४ वटा क्षेत्रमा नागरिकले दैनिक जीवनमा अभ्यास गर्न सक्ने कम्तीमा ११–११ भूमिका समेटिएको छ ।

    साथै, पुस्तकमा यी विविध क्षेत्र र विषयहरूको सत्य–जाँच, नियमपालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण र नतिजा मागलाई नागरिक जिम्मेवारीका पाँच आधारभूत अभ्यासका रूपमा पनि प्रस्ट्याइएको छ ।

    सो अभियानद्वारा प्रकाशित उक्त पुस्तकमा नागरिकका यी अभ्यास बलिया भएमा राज्यका नीतिहरू कमजोर भए पनि सुध्रिने, संस्थागत उत्तरदायित्व बढ्ने र गलत अभ्यास रोक्न सामाजिक दबाब निर्माण हुने भन्दै यसका आधारहरू पनि प्रस्तुत गरिएको छ ।

    पुस्तक सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा लेखक शर्माले देश निर्माणका योजना कागजमा मात्रै सुन्दर भएर नहुने र ती आयोजना सञ्चालन एवं कार्यान्वयनका लागि प्रतिबद्धता र संस्कार बलियो हुनुपर्ने धारणा राख्दै देश निर्माणका लागि आवश्यक आयोजनाहरूको कार्यान्वयनमा यस पुस्तकले सहयोग पुर्याउने बताउनुभयो ।

    उहाँले सुरक्षा, अर्थतन्त्र, वातावरण, पूर्वाधार, शिक्षा–स्वास्थ्य, न्याय–शासनलगायतका क्षेत्रमा नागरिकहरूका अभ्यास निर्णायक हुने उल्लेख गर्दै गैरकानुनी कामलाई चलाखीका रूपमा नलिन, कर तिरेपछि रसिद माग्न, गलत सूचना नफैलाउन, सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व बुझ्न तथा हरेक तहका जनप्रतिनिधिलाई नतिजामा बाँध्ने संस्कारको विकास गर्न सबै नागरिकसमक्ष आग्रह गर्नुभयो ।

    यस पुस्तकमा समेटिएका क्षेत्रगत सुझाव र प्रस्तावित नीतिहरू नागरिकहरूबाटै सुझावका रूपमा आएका सो अभियानले जनाएको छ । यसअघि सो अभियानले नागरिकको सुझावका लागि ती २४ क्षेत्रका विषय हरेक दिन एक÷एक ओटाका दरले सार्वजनिक गर्दै आएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.