सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १६:५४ 
  • काठमाडौँ, १९ माघ । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ ।

    सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न अस्पतालमा भुक्तानीको समस्याले बीमा कार्यक्रम बन्द हुँदा यसबाट सेवा लिने बिरामी मार परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “राज्यप्रति नागरिकको भरोसा कायम गर्न तत्काल आवश्यक सुधार गरेर अस्पतालाई रकम भुक्तानी सुचारु गर्न अनुरोध गर्दछु ।”

    सांसद श्रीकृष्णप्रसाद अधिकारीले केही दिनयता काठमाडौँलगायत उपत्यकाबाहिर शृङ्खलाबद्ध रूपमा चोरी, लुटपाट, हत्या, अनलाइन ठगीका घटनाहरू बढ्दै गरेकाले सर्वसाधारण आतङ्कित बनेको बताउनुभयो ।

    यसैगरी शून्य समयमा आफ्ना धारणा राख्दै सांसद विष्णुकुमारी सापकोटाले जेनजी आन्दोलनपछिको अन्योलबीच देशको निर्माण र ऊर्जा क्षेत्र प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिता र निर्णयका कारण आयोजना रोकिँदा निर्माण व्यवसायी, मजदुर, लगानीकर्ता समस्यामा परेका छन् । रोकिनुपर्ने र चल्नुपर्ने आयोजनाको निर्णय कसले लिने रु आयोजनाको छानबिन कसले गरिरहेको छ रु यसबारे जान्न चाहन्छु ।”

    सांसद किरणबाबु श्रेष्ठले नेपाल अन्तरराष्ट्रिय निकाय ९फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ० को ‘ग्रे लिष्ट’ मा परेको १ वर्ष बितिसक्दा पनि एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनी औँल्याएका विषयहरू कार्यान्वयन गर्न प्रयास अपर्याप्त देखिएको भन्दै यसबारे जानकारी गराउन अनुरोध गर्नुभयो ।

    सांसद पदमबहादुर परियारले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा ३० जनाभन्दा बढी सङ्घीय तथा प्रदेशसभाका सांसद एवम् स्थानीय तहका प्रमुखहरूले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै राजीनामा दिएर निर्वाचनमा होमिनेहरूले जनतासामु गरेका वाचा र शपथ बिर्सिएको आरोप लगाउनुभयो । उहाँले संसदीय अभ्यासलाई मर्यादित बनाउन संविधान र अरु निर्वाचनको कानुन संशोधन गर्न माग गर्नुभयो ।

    सांसद रुक्मिणी कोइरालाले महिला हिंसा केवल कानुनी मुद्दा मात्र नभई गम्भीर सामाजिक अपराध भएको बताउँदै पीडित महिलाहरूका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

    यसैगरी सांसद विष्णुदेवी पुडासैनी अघिल्लो सरकारले छुट्याएको योजनाहरू र छनोट गरेका बजेट आजसम्म पनि नभएको भन्दै असारे विकासले गर्दा जनतालाई सास्ती हुने र बजेट पनि नोक्सान हुने बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.