सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १७:०५ 
  • काठमाडौँ, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिनुभयो ।

      “आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले कर्तव्य पालनाका सिलसिलामा प्रहरी सङ्गठनबाट गरिएका सबै व्यावसायिक क्रियाको जिम्मा राज्यले लिने स्पष्ट पार्नुभयो ।

      “प्रहरीको शक्ति हतियारमा होइन, कानुनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छ । कठोर परिस्थितिमा पनि संयम्, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले विगतका कमजोरी नदोहो¥याउने र भविष्यमा प्रहरीलाई अझ विश्वसनीय, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाको बाबजुद नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ मजबुद, सङ्गठित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न अग्रसर भइरहेको बताउनुभयो ।

    “प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि भदौ २३ र २४ गतेपछि थप प्रमाणित भएको छ । आन्दोलनका दौरान क्षतिग्रस्त भएका धेरै प्रहरी संरचना समुदायले रातारात पुनःनिर्माण गरिदिएको छ”, उहाँले भन्नुभयो, “यो भनेको प्रहरी सङ्गठनले आजसम्म आर्जन गरेको साख र विश्वासको नतिजा हो । यसलाई अक्षुण्ण राख्ने प्रत्येक प्रहरी कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।”

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधानले प्रत्याभूत गरेको हकअधिकारको संरक्षण गर्दै जिम्मेवार उत्तरदायी र जवाफदेही भई कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.