सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘फास्ट ट्रयाक’निर्माणका क्रममा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते


  •    न्युजभित्तो/२९ माघ २०८२, बुधबार १५:४७ 
  • काठमाडौँ,२८ माघ। तराई मधेस द्रुतमार्गको निर्माणका क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्युु भएको छ । एक जना घाइते भएका छन् । टुचन मेसिन खस्दा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

    मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खनेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा मेसिन खसेको थियो । सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन् ।

    उनलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.