banner news

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो: राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभएको छ । नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार ९नयाँ वर्ष० का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो...

सब–इन्जिनियर यादव हत्या घटनाः शीघ्र छानबिनको माग
-न्युजभित्तो

धनुषा, ५ फागुन । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा आज ‘पेनडाउन’ गरेका छन् । कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग...

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । गत माघमा महिला बालबालिका तथा...

मतपत्र छपाइ सकियो
-न्युजभित्तो

भक्तपुर, ५ फागुनः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी...

पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी
-न्युजभित्तो

इटहरी (सुनसरी), ४ फागुन । नेपाली सेना स्थापना दिवसका अवसरमा  यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।   मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको  भूमिका झल्कने तस्बिरका...

सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
-न्युजभित्तो

मलङ्गवा (सर्लाही), ४ फागुन । सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही...

राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्वसका अवसरमा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकका लागि आज क्याप्सन लेखन कार्यशाला गरियो  । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा राससका उच्च व्यवस्थापक, सम्पादकीय नेतृत्व र विज्ञ तथा...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा...

फरार सात कैदी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको...

सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन
-न्युजभित्तो

महेन्द्रनगर, ४ फागुन । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ । तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका...