सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला


  •    न्युजभित्तो/४ फाल्गुन २०८२, सोमबार १६:३३ 
  • काठमाडौँ, ४ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्वसका अवसरमा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकका लागि आज क्याप्सन लेखन कार्यशाला गरियो  ।

    रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा राससका उच्च व्यवस्थापक, सम्पादकीय नेतृत्व र विज्ञ तथा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकबीच विद्यमान अभ्यास, प्रयोग र  क्याप्सन लेखनका समस्याबारे विमर्श भएको थियो । 

    कार्यशालाको उद्घाटनसत्रमा राससका अध्यक्ष धर्मेन्द्र झाले फोटो खिच्नु जति महत्वपूर्ण हुन्छ त्यसको वर्णन पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।  महाप्रबन्धक सन्दीप राईले फोटोलाई क्याप्सनले पूर्ण बनाउने भएकाले कार्यशालाले रासस पत्रकारलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यशालाका विज्ञ सहजकर्ता वरिष्ठ फोटो पत्रकार विकास रौनियारले फोटो खिच्दा तस्बिरले आफै कथा भन्नसक्ने हुनुपर्ने र तथ्यगत विवरणहरु पनि सङ्कलन गरेर छरितो क्याप्सन लेख्न सुझाउनुभयो । फोटो पत्रकारले सार्वजनिक महत्वका विषयमा फोटो खिच्दा अनुमति लिन नपर्ने तर सामाजिक मर्यादा र राष्ट्रिय हितका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

    राससका समाचारशाखा प्रमुख सोमनाथ लामिछाने र उपप्रमुख एकराज पाठक, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, फोटो सम्पादन शाखा प्रमुख युद्धकुमारी खड्का, राससका फोटो पत्रकार संयोजक रत्नकृष्ण श्रेष्ठलगायत सहभागीले आफ्ना अनुभव सुनाउनुभएको थियो ।रासस  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.