banner news

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप
-न्युजभित्तो

बागमती, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले गएराति बञ्चरो प्रहार गर्दा प्रहरी...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन स् अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले...

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
-न्युजभित्तो

लुम्बिनी, २८ फागुन । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल -याली गरिएको छ ।  ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल (याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।...

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ ।  न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि  नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो ।  हालै...

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
-न्युजभित्तो

म्याग्दी, २७ फागुन । रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
-न्युजभित्तो

देउखुरी (दाङ), २७ फागुन । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । आज निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा...

‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
-न्युजभित्तो

काठमाडौँ, २७ फागुन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको...

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
-न्युजभित्तो

काठमाडौंँ, २७ फागुन । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२...

थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
-न्युजभित्तो

भैरहवा (रुपन्देही), २७ फागुन । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् । ‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको...