सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी


  •    न्युजभित्तो/५ चैत्र २०८२, बिहीबार १६:५० 
  • दमक (झापा), ५ चैत । जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

    सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु सात करोड ४१ लाखको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको हो । पुलको लम्बाइ ६४० मिटर रहेको छ । शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडा रहेका छन् । कनकाई नदीपूर्व पनि वडा नं १० र वडा नं ७ को केही भू–भाग छ । हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ ।

    स्थानीयका अनुसार वडा नं ७ का बासिन्दाले आफ्नो वडाको अर्को भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गरी जानुपर्ने अवस्था छ । तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख मेगाहाङ थोप्रा ९रोशन०को भनाइ छ ।

    उहाँका अनुसार यस पुल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधैँ लालपानी, ट्याक्रलगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउनजान सहज हुने अपेक्षा गरिएको छ । नगर प्रमुख थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास निर्माणमा चुनौती रहेकाले पनि कतिपय ठुला योजनाका लागि सङ्घीय सरकारको बजेट अपेक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।

    सङ्घीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको र नगरपालिकाले समेत पुलको निर्माणकार्य गुणस्तरीय ढङ्गले सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमन गरिआएको उहाँको भनाइ छ । पुल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडा नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ ।

    यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.