banner news

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने
-न्युजभित्तो

गुल्मी, १ चैत । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला...

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु
-न्युजभित्तो

गोरखा, १ चैत । सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका...

ट्याक्टरको ठक्करमा मृत्यु
-न्युजभित्तो

इनरुवा (सुनसरी), १ चैत । हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प...

सुनचाँदीको मूल्य आज पनि घट्यो
-न्युजभित्तो

काठमाडौँ, १ चैत । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा रु चार  हजार ८००  र चाँदीको मोल रु २२५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला...

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
-न्युजभित्तो

चितवन, १ चैत । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो । अस्पतालका चिकित्सक डा...

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’
-न्युजभित्तो

काठमाडौँ, २९ फागुन । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनुभयो । वायु प्रदूषणका कारण...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक
-न्युजभित्तो

इलाम, २९ फागुन । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् ।...

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
-न्युजभित्तो

राँझा (बाँके), २९ फागुन । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ ।  भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिकालगायतका क्षेत्रमा केही...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि
-न्युजभित्तो

काठमाडौँ, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि दिनुभएको छ । सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी...

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
-न्युजभित्तो

काठमाडौँ, २९ फागुन । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ । दस वर्षदेखि तयारी गर्दै आएको उक्त रणनीति फागुन १५ गते देखि स्वीकृत...