सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार १२:५५ 
  • काभ्रेपलाञ्चोक, ९ चैत । काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन् । उहाँहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि सङ्कलन गरिरहेको पाइन्छन् । 

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाको १ नं क्षेत्रमा रास्वपा मधुकुमार चौलागाईं र क्षेत्र नं २ मा बदन भण्डारीले फराकिलो मतान्तरले विजयी हुनुभएको हो । आ–आफ्ना क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसद आफ्ना मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका हुन् । “जहाँ पुग्छु, त्यहाँ नागरिकको ठूलो अपेक्षा रहेको पाएँ”, १ नं क्षेत्रका सांसद चौलागाईंले भन्नुभयो । मतदाताहरूले नयाँ–पुराना समस्या खुलेरै आफूसँग राखेको उहाँको भनाइ छ । “म पनि नागरिकको समस्या, गुनासा र सुझावबमोजिम कामका योजना बनाइरहेको छु,” उहाँले भन्नुभयो । 
    चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तान १० हजार ४५२ मतान्तरले पराजित हुनुभएको हो । भौगोलिक रूपमा अधिकांश क्षेत्र विकटका रूपमा रहेकाले पनि नागरिकको समस्या खानेपानी र सडकको रहेको पाएको चौलागाईं बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफलका रूपमा लिएको छु, नागरिकका लागि मैले निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।” उहाँले भेटघाटका क्रममा अबको समय नागरिकको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । चौँरीदेउराली गाउँपालिका–५ निवासी उहाँ पेसाले अधिवक्ता हुनुहुन्थ्यो । 
    यसैगरी, क्षेत्र नं २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो स्थानीय तहका गाउँ–टोलका मतदातासँग भेटघाटलाई करिब अन्त्यमा पुर्‍याएको बताउनुहुन्छ । उहाँले पनि जहाँ पुग्दा स्थानीय नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको बताउनुभयो । “मलाई किसानको समस्या धेरै आएको छ, ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने देख्छु”, उहाँले भन्नुभयो । किसानले समयमा रासायनिक मल नपाएको तथा पाए पनि अपर्याप्त, सिँचाइको समस्या, उत्पादित तरकारीले बजार नपाउँदा निकै दुःख झुल्नुपरेको, दूधले समेत उचित मूल्य नपाउँदा मेहेनत र लागत दुबै जोखिममा परेको गुनासो आफूले पाएको भण्डारीले बताउनुभयो । 
    क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ मा खेतीयोग्य जमिन धेरै छ । यसकारण पनि किसानका समस्या हुनुमा स्वाभाविक देख्नुहुन्छ, भण्डारी । उहाँ भन्नुहुन्छ, “तर पाइएका समस्या धेरै वर्षदेखिका देखिन्छन्, किसानका समस्या प्राथमिकतामा पार्नुपर्ने देखिन्छ ।” सबैजसो किसान मतदाताको उस्तै समस्या–गुनासा सुनेपछि उहाँले बहुसङ्ख्यक किसानका समस्यामा आफू पनि चिन्तित रहेको बताउनुभयो । 
    सांसद भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका देखिएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिनसक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकेको पाइएकाले आफूले सक्दो पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “सडक, खानेपानी, स्वास्थ्य र शिक्षाका समस्यालाई प्राथमिकता दिएर अघि बढ्नेछु,” उहाँले भन्नुभयो । उहाँले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उक्त क्षेत्रमा प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको थियो । भुम्लु गाउँपालिका–२ सिम्थली निवासी भण्डारी डेढ दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ३३ वर्षका युवा भण्डारीको कार्यशैली र विकासको गतिलाई हेर्न आतुर रहेको मतदाता बताउँछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.