banner news
चितवन,२ भदौं । पछिल्लो २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पीसीआर परीक्षणबाट ९० तथा एन्टिजेनबाट १६ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा आज एकै दिन २११ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर...
बुटबल,२ भदौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार बैठक शुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही...
काठमाडौं, २ भदौ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले...
काठमाडौं २ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको...
काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्खरै...
काठमाडौं,२ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राजधानीमा जारी आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने–नहुने बारेमा छलफल गरिने बताइएको छ । बैठक आजै सम्पन्न हुने बताइएको छ...
काठमाडौं,२ भदौ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव...
चितवन,२ भदौं । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार...
सिन्धुपाल्चोक,२ भदौं । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी...
काभ्रेपलाञ्चोक, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ। गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु...











