सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप १०६ जनामा संक्रमण पुष्टि, २ संक्रमित मृत्यु


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १६:१८ 
  • चितवन,२ भदौं । पछिल्लो २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पीसीआर परीक्षणबाट ९० तथा एन्टिजेनबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

    चितवनमा आज एकै दिन २११ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २० हजार ७१४ पुगेको छ ।

    २ हजार ३९३ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार २३९ जना होम आइसोलेसनमा छन् भने १५१ जना अस्पताल तथा ३ जना संस्थागत आइसोलेसनमा छन् ।

    जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ६९ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ८, माडीका ७, रत्ननगरका १४, राप्तीमा ५, कालिकाका २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ४८० पुगेको छ ।

    जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३७३ जनाको मृत्यु भएको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर र कालिकाका १-१ जना छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.