सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पदमुक्त नगर्न माग गर्दै १४ सांसद संसद सचिवालयमा निवेदन


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १४:५८ 
  • काठमाडौं, २ भदौ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

    १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् ।

    सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

    तर १४ सांसदले आफूहरुमाथि गरिएको कारबाहीमाथि नै प्रश्न उठाएका छन् । २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.