सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा २४७ जनामा डेंगु र ३१८ जनामा स्क्रब टाइफसको संक्रमण, टाइफसको संक्रमण दोब्बर बढ्यो


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार ११:०४ 
  • चितवन,२ भदौं । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा गरिएको परिक्षणमा सो संख्यामा डेंगुको सङ्क्रमण देखिएको हो ।जस मध्ये चितवनका ५५ जना महिला र ९५ जना पुरुष गरि १ सय ५० जना रहेका छन् । अन्य वाहिरी जिल्लाका रहेका छन् ।

    जिल्लामा सबैभन्दा वढि सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । महानगरमा ७४ जनामा डेंगु देखा परेको छ । यस्तै खैरहनी नगरपालिकामा २० जना, माडी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा ३० जना, राप्ती नगरपालिकामा ८ जना, कालिका नगरपालिकामा ७ जनामा डेंगु देखा परेको छ । इच्छाकामना गाउँपालिकामा भने २ जनामा डेंगुको संङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

    यो रोग बढि मात्रामा शहरी क्षेत्रमा देखिएको उहाँले जानकारी दिनुभयो । एडिस एजप्टाई÷एलबोपिक्टर्स जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । शहरी क्षेत्रमा वढि मात्रामा पानी जम्ने ठाउँहरु हुने भएकाले वढि देखिएको उहाँले बताउनुभयो ।

    तीन सय १८ जनामा स्क्रफ टाईफस

    केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये ३ सय १८ जनामा स्क्रफ टाईफसको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा २ हजार २ सय ९० जनाको परिक्षणका क्रममा सो संख्यामा स्क्रफ टाईफस देखिएको हो ।

    उनीहरु मध्ये १ सय ७० जना जिल्लाका रहेका छन् । महिला ९० र पुरुष ८० जनामा स्क्रफ टाईफस देखिएको उहाँले बताउनुभयो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । स्क्रफ टाइफसका कारण भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

     यसरी हेर्दा डेंगुको संक्रमण गत वर्षभन्दा कम देखिए पनि चितवनमा स्क्रब टाइफसको संक्रमण भने गत वर्षको भन्दा दोब्बर बढी भएको देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.