banner news
दमौली, १८ भदौ । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो...
चितवन,१८ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै...
काठमाडौँ १८ भदौ । निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्धको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग, सभामुख अग्नि...
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई...
पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्...
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा...
काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट...
काठमाडौं,१७ भदौ । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण...
चितवन,१७ भदौं । भरतपुर महानगरपालिका वडा नम्वर दुई क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव भेटिएको छ । बिहीबार बिहान ११ बजेतिर क्षेत्रपुर स्थित रामेश्वर मन्दिर नजिक सडक किनारामा लडिरहेको अवस्थामा अन्दाजी ४५ बर्षको पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय,...














