राष्ट्रिय

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाण्डौंमा
-न्युजभित्तो

काठमाडौं, ५ माघ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सोमबार सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा...

प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
-न्युजभित्तो

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा...

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगबाट वार्षिक प्रतिवेदन २०७६/७७ पेश
-न्युजभित्तो

काठमाडौं,५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र...

वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकको माग
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले माग गरेका छन् । नेपाल वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटी वैज्ञानिक वन...

रु २०० ले ओरालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ । प्रतितोला रु ९१ हजार ८०० मा आइतबार...

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सुरु
-न्युजभित्तो

काठमाडौं, ५ माघ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार...

तीन करोड ३२ लाख ठगी गरेको कसुरमा संलग्न चितवनका अधिकारी सहित तीन जना पक्राउ
-न्युजभित्तो

चितवन, ५ माघ। बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका...

नेपालमा कोरोना भाइरसका २६६ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं,  ४ माघ । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै...

मतदाता नामावली माघ १५ गते प्रकाशित गर्ने प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलहरुलाई छलफलमा बोलाएको आयोगले मतदाता नामावलीको प्रस्तावित कार्यक्रम अघि सारेको छ, जसअनुसार माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने, त्रुटि भए...

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि...