सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार १०:२९ 
  • काठमाडौँ, २१ माघ । हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिनुभयो ।

    राष्ट्रियसभाका सदस्य कोमल वलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडालगायत अन्य वक्ताहरूले प्रविधिको विकासले दुई देशहरु भौगोलिकरूपमा जतिसुकै टाढा रहे पनि एक आपसी सम्बन्धमा दूरीले फरक नपार्ने तथा क्यानडामा नेपालीहरूले सुरक्षितरूपमा जीवनयापन गर्न पाएकोप्रति धन्यवाद व्यक्त गरिए गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बुद्धिजीवी, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो । आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा डा गोपाल पोखरेलले सम्पादन गर्नुभएको ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो । सो कार्यक्रम सधँै जनवरी १८ तारिखमा मनाउने गरिए पनि यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.