सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम भैरहेको छः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२० माघ २०७७, मंगलवार २१:४८ 
  • काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए ।

    यस वर्ष कोरोना भाइरसको महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिए । नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गरे । हालै नेपाली टोलीले विश्वको दोस्रो अग्लो हिमाल केटु को सफल आरोहण गरी कीर्तिमान कायम गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीले हार्न नजानेको बताए ।

    खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिए । जहिले पनि स्वर्ण पदक नै प्राप्त गर्ने गरी प्रतियोगितामा भाग लिन उनले खेलाडीसँग आग्रह गरे । खेलाडीलाई सफलता दिलाउन प्रशिक्षक र सम्म्बन्धित खेल सङ्घको अहं भूमिका रहेको जनाउँदै प्रधानमन्त्री ओलीले न्यून स्रोत साधन भए पनि नेपालले खेलकूद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै गएको बताए ।

    प्रधानमन्त्री ओलीले कुनै पनि प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा भेदभाव नगर्न र उत्कृष्ट खेलाडी छनोटमा जोड दिन प्रशिक्षक तथा खेल पदाधिकारीलाई सुझाव दिए । “खेलकूदको खर्चलाई बेकारको ठान्नु हुँदैन, खेलकूद पनि उत्पादक क्षेत्र हो, खेलकूदमा गरिएको  लगानी खेर जाँदैन, यसले देशकै गौरव बढाउँछ”, उनले भने।  नेपालको भूगोलअनुसारका खेल अघि बढाउन तथा परम्परागत र मौलिक खेलको अन्तरराष्ट्रियकरण गर्न जरुरी रहेको उनको भनाइ थियो ।

    अहिले सातै प्रदेशमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र आगामी दिनमा थप योजना अघि बढाइने उनले आश्वासन दिए । केही ठाउँमा कामको जस कसले लिने भन्ने विवाद खडा गरेका कारण पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक र पदाधिकारीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अस्थायी र करारमा काम गर्दै आएका कर्मचारी तथा दुई दशकदेखि एउटै तहमा काम गर्दै आएका कर्मचारीको समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई निर्देशन र्दिए । खेलकूदमा सम्बन्धित मन्त्री र पदाधिकारीले आआफ्ना मान्छे भर्ना गर्दा पनि समस्या आउने गरेको उनको भनाइ थियो । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान चाँडै सम्पन्न गर्न सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए । यस्तै राष्ट्रिय खेल भलिबलको विकासका लागि राजधानीमा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा तथा भौतिक पूर्वाधार निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिने उनले बताए ।

    सो अवसरमा युवा तथा खेलकूदमन्त्री तामाङले खेलकूदको विकासका लागि आफूले सक्दो पहल गर्ने तथा खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारी र कर्मचारीसित छलफल गरी योजना अगाडि बढाइने जानकारी दिए । अन्तरक्रियाको प्रारम्भमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सरकारले खेलकूदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो दिने जनाउँदै नेपालको खेलकूदको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

    उनले हरेक जनताका बीचमा खेलकूद पु¥याउनु आवश्यक छ भन्दै सरकारले भौतिक पूर्वाधार, तालीमलगायत विषयमा लगानी गर्नु आवश्यक रहेको बताए । अन्तरक्रिया कार्यक्रममा खेलाडी, प्रशिक्षक, विभिन्न खेल सङ्घका पदाधिकारी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता  थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.