राष्ट्रिय

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
-न्युजभित्तो

वाग्मती, १२ चैत, । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्...

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु
-न्युजभित्तो

चितवन, ११ चैत । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी...

सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने
-न्युजभित्तो

काठमाडौं ११ चैत । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् । ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’...

नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू,नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन
-न्युजभित्तो

काठमाडौं, ११ चैत  । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको...

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ
-न्युजभित्तो

गण्डकी, ११ चैत । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत
-न्युजभित्तो

काठमाडौं, ११ चैत ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत भएको छ । सर्वोच्च अदालतले एकीकरणपछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल...

रातो हाब्रेको छालासहित तीन पक्राउ
-न्युजभित्तो

सोलुखुम्बु, ११ चैत । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने
-न्युजभित्तो

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  दिएको जानकारीअनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ। पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल...

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी
-न्युजभित्तो

बनेपा, ११ चैत । करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थाल्नुभएका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झनु भएको छ । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उहाँँले बताउनुभयो । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी...

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन
-न्युजभित्तो

काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्। ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका हुन्। अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएको...