सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमालेको नेपाल– खनाल समूहले आफू पक्षको भेला बोलायो


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार ११:४८ 
  • काठमाडौँ, १७ चैत । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिने निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो ।

    भेलामा नेपाल–खनाल निकटका स्थायी समिति सदस्यका साथै सांसदहरुको सहभागिता रहने एक नेताले बताए ।  नेपाल–खनाल समूहले भेला बोलाएको स्थान गोप्य राखेको छ ।

    ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएको सन्दर्भमा नेपाल समूहले भेला बोलाएको हो ।
    संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ । यद्यपी प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजन उन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन् ।

    फागुन २३ मा नेकपा एकता बदर गरी सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र विवाद उग्र बन्दै गएको छ । सो पार्टीमा नेपाल–खनाल समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.