राष्ट्रिय

ट्रकको ढालामा झुण्डिएर मृत्यु
-न्युजभित्तो

चितवन, ६ जेठ ।  ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर...

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न कांग्रेसको माग
-न्युजभित्तो

काठमाडौं,६ जेठ  । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ । कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको...

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
-न्युजभित्तो

तम्घास, ६ जेठ । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।...

सीताजयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ । उहाँले आज दिनुभएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक– सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र...

चितवन मेडिकल कलेजले क्रिटिकल केयरको निःशुल्क तालिम दिने
-न्युजभित्तो

चितवन, ६ जेठ । चितवन मेडिकल कलेज (सिएमसी) ले क्रिटिकल केयरको निःशुल्क तालिम दिने भएको छ । कोभिड १९ व्यवस्थापनमा क्रिटिकर केयर सेटअप सम्बन्धी तालिम दिने भएको हो । कलेजका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेका अनुसार जेठ ७ गतेदेखि शुरु...

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं,६ जेठ । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार...

भारतीय यात्रुबाट बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही...

सरकारको लगानीमा जाजरकोटमा काठ उद्योग सञ्चालन
-न्युजभित्तो

जाजरकोट, ६ जेठ । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ । खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न...

एमालेबाट माओवादी बनेका ७ मन्त्रीको नियुक्तिबारे प्रधानन्यायाधीशको इजालसमा सुनुवाई हुँदै
-न्युजभित्तो

काठमाडौं,६ जेठ । माओवादी केन्द्र छाडेर एमाले बनेका गैर सांसद ७ जना मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको...

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौं,६ जेठ  । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग...