सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १२:४९ 
  • काठमाडौँ, ९ जेठ ।सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठहयाएको हो ।

    नेपालका दुई तथा विदेशी दुई गरी चारजनाको टोलीले उक्त गन्तव्यको आरोहण र अध्धयन गर्न निस्केको थियो । गत मे ६ तारिखमा दुई विदेशीले मेरापिकको टुप्पोमा पुगेर मेरापिकदेखि स्की खेल्दै करीब आधा घण्टामा आधार शिविर भरेका थिए । नेदरल्यान्डका ३५ वर्षीय मथिज लियोनार्द बनार्ड र ४० वर्षीय डाइड्रिक भान रिजिनले मेरापिक आरोहण गरेका हुन् ।

    स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानले स्नो गाइड नेपाल ट्रेक्स एन्ड एक्पिडिशनसँगको सहकार्यमा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त कार्यमा स्थानीय रिफ्युजी मेरा होटेलले सहयोग गरेको थियो । प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले मेरापिक हिमालमा स्की माउन्टेनरिङ खेलका लागि प्रशिक्षण सञ्चालनका लागि अध्ययन गरिएको र मेरापिक उपयुक्त गन्तव्य रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सन् २०२६ मा इटालिमा हुने ओलम्पिकको स्की माउन्टेनरिङ खेलमा सहभागिता जनाउनका लागि मेरापिकमा प्रशिक्षण सञ्चालन गरिनेछ । यो ओलम्पिक सन् २०१८ मा दक्षिण कोरिया र सन् २०२२ मा चीनमा हँुदैछ । पहिलो पटक स्की माउन्टेनरिङ खेल समावेश गरिएको प्रतियोगिता इटालीमा शुरु हुन लागेको जनाइएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय टोली बनाएर लैजाने योजना छ ।

    ओलम्पिकका लागि सहभागिता गराउने उद्देश्यले तालीमलगायत काम गरिएको जानकारी दिँदै अध्यक्ष पाठकले मेरापिकमा आगामी अक्टोबर महिनामा स्की माउन्टेनरिङ प्रतियोगिता तालीम आयोजना गरिने बताउनुभयो । यही संस्थाले सन् २०१९ मा कालिञ्चोकमा स्की प्रतियोगिता आयोजना गरेको थियो । उक्त फाउण्डेशन इन्टरनेशनल स्की माउन्टेनरिङ फेडेरेशनको सदस्य संस्था पनि हो ।

    यसअघि प्रतिष्ठानले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेलाई लक्षित गरी कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा माघ ९ देखि ११ गतेसम्म प्रथम कुरी स्की–स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव आयोजना गर्ने योजना थियो ।

    प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमीकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पिक, मनाङको खाग्ङला ग्लेसियर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न तथा साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत पाँच वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.