सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालमा अक्सिजन उप्लब्ध गराउँदै सङ्घसंस्था


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार ११:५६ 
  • डडेल्धुरा, ९ जेठ । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् ।

    अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।

    अक्सिजनको अभाव भइरहेका समयमा अस्पतालमा रहेका सिलिण्डर भरेर दिँदा उपचारमा सहज भएको निमित्त मेसु जगदीशचन्द्र बिष्टले बताउनुभयो । जिल्लास्थित विभिन्न समाजिक संस्थामध्ये बोलन्या थली, नेपाल जेसिस, भक्तविवि हेल्पिङ हेन्ड्स एन्ड ह्युमानिटी फाउण्डेशनलगायतका संस्थाले सिलिण्डर सहयोग गरेको जनाइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.