सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १२:१६ 
  • लमजुङ, ९ जेठ ।  यहाँस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो ।

    अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भन्नुभयो, “दिउँसोबाट शुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।” अक्सिजन उत्पादन गर्न शुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उहाँको भनाइ छ । जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरेको थियो ।

    यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ श्ययामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५-३० श्ययामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

    अस्पतालमा अक्सिजनसहितको २५ श्यया आइसोलेशनको रहेको छ । यहाँ हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ । यहाँ यतिबेला १७ कोरोना सङ्क्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

    स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भन्नुभयो, “अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा रु ७५ लाख पठाएको थियो, सोही बेलाबाट ठेक्का प्रक्रिया शुरु गरेर रु ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.