राष्ट्रिय

रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण
-न्युजभित्तो

जाजरकोट, ९ कात्तिक। तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण...

विभाजनले असर गरेको छैन: एमाले सचिव ज्ञवाली
-न्युजभित्तो

तम्घास, ९ कात्तिक । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गर्नुभएको छ । नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको...

जिप्रप्र काठमाडौँद्वारा गोल्डेन नेपाल सप्लायर्स टोखालाई कारबाही
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ...

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ
-न्युजभित्तो

काठमाडौं,९ कात्तिक । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । मंगलबार...

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै
-न्युजभित्तो

बैतडी, ९ कात्तिक । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ। खोप अभियानअन्तर्गत आज...

न्यून चापीय प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम...

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
-न्युजभित्तो

महेन्द्रनगर, ९ कात्तिक । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह...

प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु
-न्युजभित्तो

गलेश्वर, ९ कात्तिक।  जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले...

अवरुद्ध ग्रामीण सडक सुचारु गर्न प्रयास जारी
-न्युजभित्तो

डडेल्धुरा, ९ कात्तिक ।  वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरू, नवदुर्गा, भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही सुचारु पनि...

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा
-न्युजभित्तो

मकवानपुर, ९ कात्तिक । वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको...