सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व


  •    न्युजभित्तो/२२ कार्तिक २०७८, सोमबार ११:४९ 
  • फुङ्लिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ ।

    ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन् । परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेको वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङ गोलामा पुगेको थियो । पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएको थियो । पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेको थियो ।

    पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिनुभयो । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन् । यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्दछ । लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताउनुभयो । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ । फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ ।

    पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउँने गरेको छ । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको स्थानीयको भनाइ रहेको छ । चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.