सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानन्यायाधीश जबराले फेरि आफैंलाई तोके इजलास


  •    न्युजभित्तो/२२ कार्तिक २०७८, सोमबार ११:२२ 
  • काठमाडौं,२२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्नै लागि इजलास तोकेका छन् ।

    प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।

    प्रधानन्यायाधीश जबराको कामकारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशहरुले इजलासमा सामेल भएका थिएनन् । त्यही कारण केही दिन बन्दी प्रत्यक्षीकरणका निवेदन समेत सुनुवाइ हुन सकेन ।

    बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइका लागि न्यायाधीशहरुले दुई शर्त राखेका थिए । एउटा, बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न नहुने । अर्को, प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने ।

    इजलास नै सञ्चालन नभएका कारण चौतर्फी दबाब परेका प्रधानन्यायाधीश जबराले गत सोमबार (१५ कात्तिक) देखि बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै पेशी तोक्न थाले ।
    त्यो दिन आफूलाई पनि इजलास तोकेका थिएनन् । भोलिपल्ट १६ गते उनले बन्दी प्रत्यक्षीकरण बाहेक बैंकिङ कसुरका निवेदन समेत पेशीमा राख्न थालेपछि कुनैपनि न्यायाधीश इजलासमा गएर सुनुवाई गरेनन् । फेरि एक कदम पछाडि हटेका प्रधानन्यायाधीश जबराले १७ गते बन्दी प्रत्यक्षीकरणका निवेदन मात्रै पेशी तोकेका हुन् ।

    ‘दबाबमा परेपछि एक कदम पछाडि हड्ने, अनि स्थिति सहज नहुदै आफूले पेल्ने उहाँको स्वभाव हो । यत्रो आन्दोलन हुँदा र दबाबमा पर्दा समेत उहाँले आफ्नो स्वभाव त्याग्नु भएको छैन’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘आफूलाई इजलास नतोकेमा मात्रैसुनुवाई गर्ने सहमति भएकोमा त्यसको उल्लंघन हुने गरी कसरी आफूलाई इजलास तोक्न मिल्छ रु’

    ती न्यायाधीशका अनुसार सोमबार कुनैपनि इजलासमा गएर न्यायाधीशहरुले सुनुवाई गर्ने सम्भावना छैन । तैपनि एकपटक सबैजनासँग छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.