राष्ट्रिय
काठमाडौँ, २६ मङ्सिर । काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री...
काठमाडौं,२६ मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी...
काठमाडौँ, २६ मंसिर । नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले कांग्रेसका नेताहरुले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट प्रदेश २ का रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्। त्यस्तै...
काठमाडौं,२६ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् । राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र...
काठमाडौँ, २६ मङ्सिर । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ...
काठमाडौं, २६ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई १–० ले हराएको हो । युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे । खेलको ७५ औं मिनेटमा युनाईटेडले पेनाल्टीको...
काठमाडौँ, २६ मङ्सिर । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले...
गलेश्वर, २६ मङ्सिर । वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका कारण कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीबाट जलचर प्राणी...
काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी...
धादिङ,२६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा...










