सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको दावी : आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार १२:१८ 
  • काठमाडौँ, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही भएको दावी गरेका छन् ।

    ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका हुन् । उनले आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको उनको भनाइ रहेको छ ।

    प्रचण्डले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

    केही दिनअघि शेयर बजारको बारेमा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर शेयर लगानीकर्ताहले विरोध जनाउँदै प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् ।

    यस्तै सेयर बजारबारे प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच दोहोरी चलेको थियो । बुधबार भएको अर्को कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै चर्को आलोचना गरेका थिए । उनले प्रचण्डको सेयर बजार बारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए ।

    यस्तो छ हेर्नुस् ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्ति

    यस्तो छ हेर्नुस् ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.