सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा बजेट अभावले जनता आवास कार्यक्रम प्रभावित


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार १०:२८ 
  •  धनगढी,१ पुस । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो ।

    तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर एव्म सूचना अधिकारी भूपेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार कैलालीमा २०० र कञ्चनपुरमा २३७ घर निर्माणको चरणमा छन् ।

    कार्यालयले प्रतिघर तीन लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई बजेट भुुक्तानी गनर्ुुपर्नेमा हालसम्म पहिलो किस्ताबापतको ९० हजार रुपैयाँ वितरण गरिएको सिंह बताउँछन् । दोस्रो र तेस्रो किस्ता भने कामका आधारमा भुुक्तानी दिइने बताउँदै सिंहले अहिलेसम्म निकासा नदिइएको बताए ।

    बजेट अभाव

    प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि भन्दै १० करोड ८१ लाख रुपैयाँ बजेट पठाएको छ । मन्त्रालयबाट कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट आएको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

    आर्थिक वर्ष २०७५⁄७६ मै छनौट भएर निर्माण गरिनुपर्ने चार सय ३७ घर कोरोना महामारीका कारण तीन वर्षदेखि निर्माणकै चरणमा छन् ।

    प्रदेश सरकारले निकासा गरेको बजेट हाल निर्माण भइरहेका घरका लागि पुग्ने देखिए पनि सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु वर्षमा थप घर निर्माण गर्नमा भने समस्या हुने देखिन्छ ।

    ‘हामीले जनता आवास कार्यक्रमअन्तरगत कैलाली र कञ्चनपुरमा कुल सात सय ५६ घर निर्माण गर्ने लक्ष्य राखेका छौँ’ प्रमुख देवकोटाले अनलाइनखबरसँग भने, ‘४३७ घर निर्माणको चरणमा छन् भने थप ३१९ घर छनौटको प्रक्रियामा छन् । तर ती घर बनाउन अहिलेको बजेटले पुग्दैन्, त्यसैले हामी थप बजेट माग गछौँ ।’

    देवकोटाका अनुसार अहिले मन्त्रालयले पठाएको बजेट के-कति खर्च हुन्छ भन्ने यकिन भइसकेको छैन । त्यो यकिन गरेर मात्र थप आवश्यक पर्ने बजेट माग गरिनेछ । त्यसपछि घरधुरी छनौटको प्रक्रिया पनि अघि बढाउने देवकोटाले जानकारी दिए ।

    जनता आवास कार्यक्रमअन्तरगत सरकारले विपन्न समुदायका लागि घर निर्माण गर्दै आएको छ । विगतमा संघीय सरकारले कार्यान्वयन गरिरहेको यो कार्यक्रम अहिले प्रदेश सरकारको जिम्मामा छ ।

    जनता आवास कार्यक्रमअन्तरगत सहरी विकास तथा भवन निर्माण कार्यालयले १६७ घर निर्माण गरेको छ ।

    आर्थिक वर्ष २०७५/७६ मा छनौट भएका १७१ मध्ये १६७ घर निर्माण भएको कार्यालयले जनाएको छ । जस अन्तरगत कैलालीमा ६७ र कञ्चनपुरमा १०० घर निर्माण गरिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.