सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीमा आगोमा जलेर २ बालिकासहित ३ जनाको मृत्यु


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार ११:१८ 
  • जनकपुरधाम,१ पुस। सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।

    आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ ।

    यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.