सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेयर बजारबारे मेरो विश्लेषण पार्टी र लगानीकर्ताको हितमा छ : प्रचण्ड


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार ११:३२ 
  • काठमाडौं,१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् ।
    आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ ।

    विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

    हालै प्रचण्डले शेयरबजारको सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर एउटा तप्काले विरोध जनाउँदै आएको छ । शेयर लगानीकर्ताहरुले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिको विरोध जनाएका थिए ।

    सो सन्दर्भमा प्रचण्डले विज्ञप्तिमा लेखेका छन्, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर ओलीले लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.